Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

‘दलहरूमा युवा सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सीमित हुन्छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरूमा युवाहरूको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सीमित हुने बताएका छन्।

आइतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शिता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य रहेको बताए। उनले वर्तमान सरकार जति बलियो छ त्यत्तिकै बलियो आशंका र बेथिति देखिएको टिप्पणी गरे। उनले सरकारले संसद छलेर अध्यादेश ल्याएको र व्यक्ति लक्षित निषेध र प्रतिशोधको राजनीति गरेको कारण सरकारप्रति जनताको विश्वास गुमेको बताए।

उनले कसको स्वार्थपूर्ति गर्न हतार हतार अध्यादेश ल्याइएको हो ? भन्ने प्रश्न गर्दै यसको जवाफ सरकारले दिनुपर्ने बताए। जनमुखी काम गरे सरकारलाई सधैं साथ र सहयोग गर्न तयार रहेको समेत उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP