Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

बूढानीलकण्ठमा प्रहरीको छापा, अनलाइन जुवामा संलग्न २३ भारतीय पक्राउ

काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठबाट अनलाइन जुवा खेलाउने अखडामा प्रहरीले छापामारी २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

गएराति गरेको ‘सर्च’ अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको पाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उनीहरूको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको थाहाखबरलाई जानकारी दिए।

उनीहरूलाई आज विहानसम्म छापा मारेर पक्राउ गरिएको बताउँदै बोहराले अहिले अनुसन्धानकै क्रममा रहेको र डिभाइस परीक्षण हुन बाँकी भएकाले यकिन कुरा खुलिनसकेको बताए।

उनीहरूमाथि सट्टेबाजी कसुरमा म्याद थपको तयारी गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP