काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठबाट अनलाइन जुवा खेलाउने अखडामा प्रहरीले छापामारी २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
गएराति गरेको ‘सर्च’ अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको पाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उनीहरूको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको थाहाखबरलाई जानकारी दिए।
उनीहरूलाई आज विहानसम्म छापा मारेर पक्राउ गरिएको बताउँदै बोहराले अहिले अनुसन्धानकै क्रममा रहेको र डिभाइस परीक्षण हुन बाँकी भएकाले यकिन कुरा खुलिनसकेको बताए।
उनीहरूमाथि सट्टेबाजी कसुरमा म्याद थपको तयारी गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया