Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

गोलबद्ध हुँदै साना मधेशवादी दल

जनकपुरधाम : तराई–मधेशमा सक्रिय साना दलहरूबीच गठबन्धनको तयारी अघि बढेको छ।​ आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरूबीच मोर्चाबन्दीको गृहकार्य शुरु भएको हो।

पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारीको नेतृत्वमा गठबन्धन गर्न थालिएको हो। उत्पीडित, उपेक्षित र पिछडा समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले विभिन्न १० दलको बैठक सम्पन्न भएको छ।

मंगलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीलाई गठबन्धन निर्माणका लागि जिम्मा दिएको हो।

नेपाल सद्भावना पार्टीका तर्फबाट अध्यक्ष रामकुमार महतो, उपाध्यक्ष अमरेन्द्रकुमार झा तथा महासचिव पवनकुमार साहको उपस्थिति थिए। नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारी, पूर्व प्रदेश गृह, सञ्चार तथा कानूनमन्त्री विमला अन्सारी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवान, जनअधिकार पार्टी नेपालका अध्यक्ष इमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य सञ्जय सिंह, नेपाली जनता दल, स्वाधीन मधेश अभियानी लगायतले मोर्चाबन्दीको लागि निकट भविष्यमा अर्को बैठक बस्ने निर्णय गरेका थिए।

बैठकले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्ने नागरिक समाज तथा राजनीतिक दलको संयुक्त महागठबन्धन बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP