कृष्णनगर, ३० माघ ।
कपिलवस्तुकाे कृष्णनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक भारतीय पक्राउ परेका छन् । उत्तर प्रदेश बलरामपुर मदरहवा-बिशनपुर टनटनवा भगगौरका ३८ वर्षीय पारस गौडलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे ।
उनको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ सय ७० मिलिग्राम फेला परेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । कृष्णनगर नगरपालिका-३ ट्रान्समिटर नजिकै शंकाष्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउँदै गरेकाे अवस्थामा चेकजाँच गर्दा गाैडकाे साथबाट उक्त पदार्थ फेला परेकाे उनलेे जनाए ।
प्रहरी निरीक्षक खत्रीका अनुसार पक्राउ परेका पारस गाैड गत जेठ २५ गते यसै कार्यालयबाट चोरी मुद्वामा ३ महिना कैद भुक्तान गरी छुटेका थिए । जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया