अस्ट्रेलियाले भिक्टोरिया – साउथ वेल्सको सिमाना बन्द गर्ने

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा अस्ट्रेलियाले धेरै जनसङ्ख्या भएका आफ्ना दुई राज्य भिक्क्टोरिया र साउथ वेल्सबीचको सिमाना बन्द गर्न लागेको छ ।

अहिलेसम्म अरु राज्यबीचको सिमाना बन्द भए पनि यी दुई राज्यबीचको सिमाना भने खुल्ला गरिएको थियो । 

पछिल्लो दुई हप्तामा अस्ट्रेलियामा बढेको कोरोना सङ्क्रमणको ९५ प्रतिशत भिक्टोरियाको राजधानीमा मात्रै भएकाले बुधबारदेखि सिमाना बन्द गर्न लागिएको भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्र्युजले बताएका छन् ।
तर प्रधानमन्त्री स्कट मोरिसन र एनएसडब्ल्यू प्रिमियर ग्लेडिस ब्रेजेकेलियनसँग पहिले पनि यसबारेमा कुरा गरेकोमा बन्द गर्न आवश्यक नठानेको उहाँको भनाइ छ ।

‘अहिले सिमाना बन्द गर्ने विषयमा सबैले सहमति जनाइसकेको छ’, डेनियल एन्ड्र्युजको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘कोरोना भाइरस फैलिनबाट रोक्न यो एउटै मात्र पूर्वसावधानीको उपाय हुन सक्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP