‘हामी महाधिवेशनमा केन्द्रित छौ, फुटले आउने सत्ताप्रति कांग्रेसको चासो छैन’

काठमाडौँ । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद सुरु भएपछि प्रतिपक्षी दलसँग हुँदै आएको बाक्लो भेटघाटलाई लिएर जनमानसमा विभिन्न चासो व्यक्त हुन थालेको भन्दै नेपाली कांग्रेसले नेकपाको विवाद र त्यसले सिर्जित हुने सत्ताप्रति कुनै चासो नभएको जनाएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेताहरुको कांग्रेस सभापति शेरबहादुर देउवासँग बाक्लिएको भेटघाटबाट कोहि पनि ससंकित हुनुनपर्ने बताउनुभयो ।

उहाँले संसद अधिवेशन अन्त्य गर्ने अघिल्लो दिन प्रधानमन्त्री कार्यलयबाट फोन आएपछि प्रधानमन्त्रीलाई भेट्न सभापति देउवा जानु भएपनि ओलीले संसद अन्त्य गर्ने सूचना नदिएको बताउनुभयो । पछिल्ला भेटघाटले प्रश्न उठाएपनि नेकपाको विवादले ल्याउने फुटसँग कांग्रेसको कुनै चासो नभएको बताउनुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘कसैलाई नेपाली कांग्रेसले नेकपालाई फुटाउन चलखेलमा लागेको छ भने लागेको भए त्यो गलत हो । नेपाली कांग्रेस छिमेकीको पर्खाल भत्काएर आफ्नो धुरी अग्लो बनाउन चाहदैँन । छलफलका लागि प्रधानमन्त्रीले बोलाएपछि सभापति जानुभएको र प्रधानमन्त्रीले पठाएपछि नेकपाका नेताहरु आउनुभएको हो । प्रधानमन्त्री निकट रहनुभएका नेताहरुले बढी भेट्ने र प्रधानमन्त्रीले पनि प्रतिपक्षको नेता भेटन खोज्ने काम भएको छ । यसको सन्देश नेकपामा विवाद अन्त्य नभएको अवस्थामा ओलीले पार्टी फुटाउ र कांग्रेसंग मिलेर जाने भन्ने इच्छा राख्नु भएको होला तर, यो सम्भव छैन ।’

हिजोको कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापतिले सत्तापक्षका नेताहरुले लगातार भेटिरहेको र द्धोन्द चर्किएको विषयमा आफैले सुरुमै जानकारी गराउनुभएको शर्माको भनाई छ । उहाँले नेम्वाङसँगको भेटमा पनि नेकपाका विपक्षी नेताहरुले भने जस्तो कुनै पद र मन्त्रालयका विषयमा कुरा नभएको बताउदै पधानमन्त्री र देउवाबीचमा भेट अहिले मात्र नभएर पहिले पनि हुने गरेको बताउनुभयो ।

कांग्रेसँगको सम्बन्ध बढाएर पार्टीभित्रको विपक्षीलाई दवावमा राख्न ओलीले छलफल गरिरहेको नेकपा संस्थापनइतरका नेताहरुलाई लागेको भए यो भ्रमबाट बाहिर रहन शर्माको आग्रह छ । नेकपा विभाजन नै भएपनि कांग्रेस सत्तामा नजाने भन्दै उहाँले कांग्रेसलाई जनताले पाचँवर्ष विपक्षमा बस्ने अधिकार दिएको र त्यही बसेर सरकारका काम कारवाही नियाल्ने बताउनुभयो ।

शर्माले भन्नुभयो,‘कांग्रेसको यो विषयमा भूमिका हुदैन । हामी महाधिवेशनमा केन्द्रीत छौ र हामी पनि संर्घर्षमै छौ । यो समयमा सत्तापक्ष र विपक्षले देश र कोरोनाको महामारीलाई विर्सनु हुदैन । मान्छे मरेका छन् । बेखर्चि भएका छन् । स्वास्थकर्मी अप्ठ्योरामा परेका छन् । देशभरी बेरोजगार भएका छन् । त्यो विषयमा कांग्रेस चिन्तित छ । सत्तामा छैन् ।’

उहाँले केहिदिन अघि सम्म कांग्रेसका दिन गए भन्ने नेकपा नेताहरु फेरी कांग्रेसका दिन आए भनेर आउन थालेको टिप्पणी गर्दै यो कांग्रेसको प्राथमिकता नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी ओली वा दाहाल को भन्ने प्रश्न गर्दैनौ । तर, यो सरकारले शासन गर्ने अधिकार गुमाएको कुरा कांग्रेसले भनिरहेको छ । बहुमत उहाँहरु सँग छ । नेकपाले जस्को नेतृत्वमा सरकार बनायो त्यो नेतृत्वबाट काम भएन ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP