Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाले फोहोरमैला गराएको भन्दै जरिवाना तोकेपछि दुईपटक जरिवाना तिरेको छ। राप्रपाले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत महानगरपालिकालाई एकलाख जरिवाना बुझाएको छ।

यसअघि पनि राप्रपाले जरिवाना तिरेको छ। गत वैशाखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चैत २७ गते प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेकाले पाँच हजार र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै मर्मतका लागि २२२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको थियो।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सुशासन र विधिको शासन मान्ने बताए। उनले आज फेसबुकमा भनेका छन्,‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ, राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्, महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ, रु १ लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’

महानगरपालिकाले हिजो पूर्वराजाको स्वागतमा फोहोरमैला भएको भन्दै राप्रपालाई एकलाख जरिवाना तोकेको थियो। तर,नेकपा एमालेले भने जरिवाना तिर्न मानेको छैन। महानगरपालिकाका नगर प्रहरी गएर पार्टी कार्यालयमै पत्र बुझाउन खोजे पनि पत्र लिन इन्कार गरेको थियो।

गत मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरेको भन्दै एमालेलाई एक लाख जरिवाना तोकेको थियो। तर, एमालेले हालसम्म उक्त जरिवाना रकम महानगरलाई बुझाउन आलटाल गरिरहेको बताइएको छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP