Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २६ फागुन ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ बद्धाैरमा रहेकाे मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवनकाे शिलान्यास गरिएको छ । संघीय सांसद मंगल प्रसाद गुप्ताकाे श्रीमती स्वतन्त्रता गुप्ताले साेमबार विद्यालय भवनकाे शिलान्यास गरेकी हुन् । मंगल प्रसाद गुप्ताकाे संसदीय काेषबाट निर्माण हुन लागेकाे विद्यालय भवनकाे शिलान्यास गरिएको हाे ।

शिलान्यास कार्यक्रममा सांसद मंगल प्रसाद गुप्ताले शिक्षा क्षेत्रमा लगानी गर्दै आएका छन् । शिक्षा भए मात्र समाज परिवर्तनकाे साथै सामाजिक विकास हुँदै जाने उनको भनाइ छ । शिक्षालाई प्राथमिकतामा राखेर शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै अगाडी बढ्नुपर्ने उनको सुझाव छ ।

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले भवन निर्माणले विद्यार्थीकाे पठनपाठनमा सहजता प्रदान हुने बताए । उनले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेकाे बताउँदै विद्यालयकाे चाैतर्फी विकासमा लगानी गर्दै आएकाे बताए । उनले शैक्षिक सुधार र प्रभावकारितालाई जाेड दिन आवश्यक रहेकाे बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विजय माैर्यले भवन अभावले पठनपाठनमा हुँदै आएको समस्या भवन निर्माणपछि अब समाधान हुने बताए । उनले शैक्षिक सुधार र गुणस्तरीयतामा सहज हुनुकाे साथै शैक्षिक प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

विद्यालय भवन लगायतकाे संरचना निर्माणका लागि संघीय सरकारबाट २ कराेड ३० लाखकाे बजेट विनियोजन गरिएको प्रधानाध्यापक माेहम्मद आयुब खाँले जानकारी दिए । हाल ४ काेठे भवन १ कराेड ३० लाखमा ठेक्का भई निर्माण हुन लागेकाे उनले बताए । भवन निर्माणकाे ठेक्का शम्भु कन्ट्रक्शन काठमाडौँले पाएकाे विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP