Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो

पर्वत : बिमाबाट रकम भुक्तानी पाउन आफ्नै पसलमा आगलागी गराएका एक युवालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकमा बस्दै आएका २८ वर्षीय रमेश शर्मा लोहारलाई पक्राउ गरिएको हो।

यस्तो छ घटनाक्रम

गत फागुन १६ गते साँझ ७ बजेको समयमा पोखरा महानगरपालिका–८ न्यूरोडमा रहेको शर्मा आइटी हबमा आगलागी भयो। पसलमा आगो लागेको सूचना पाउँदासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले दमकलको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिए। आगलागीबाट ‘शर्मा आइटी हब’ जलिसकेको थियो।

पसलका सञ्चालक लोहारले आगलागीबाट ९४ लाख बराबरको क्षति भएको भन्दै फागुन १७ गते वडा प्रहरी कार्यालय वैदाममा निवेदन दिए। प्रहरीले गरेको अनुसन्धानको क्रममा ब्लक र टिनको टहरामा रहेको उक्त पसल गएको पुस महिनाबाट सञ्चालन गरिएको थियो। जसको मासिक भाडा ३५ हजार रुपैयाँ रहेको थियो।

उक्त पसलमा दुई जना कामदारहरू रहेकोमा आगलागी हुँदाको दिन फागुन १६ गते उनीहरू बिदामा रहेका थिए। उक्त पसल फागुन १४ गतेदेखि नै बन्द गरिएको थियो। लोहारले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा उक्त पसलको एक करोड रुपैयाँको बिमा गरेका थिए।

घटना भएको तीन दिनपछि फागुन १९ गते उनले बिमा कम्पनीमा रकम दाबी गर्दै निवेदन दिए। जसमा मोबाइल चार्जमा राखी आफू ‘वास रुम’ गई फर्किँदा केही पड्किएको आवाज आएको र आगलागी भएको लेखिएको छ।

यस्तो छ प्रहरीको अनुसन्धान

प्रहरीले घटनास्थलको प्रकृतिको अध्ययन सुरु गरिहाल्यो। घटनास्थलबाट ‘मनुयल्ली’ र ‘डिजिटल’ दुवै प्रकारबाट आगोलागि भएको घटनाको बारेमा सबुद प्रमाणहरू सङ्कलन भयो। लोहारले तालचोकमा सञ्चालन गरेको पसलमा पनि यही बेलामा अनुसन्धान भयो। त्यस क्रममा अनुसन्धानलाई सहयोग पुग्ने पर्याप्त तथ्यहरू सङ्कलन भएको कास्की प्रहरीले बताएको छ।

ती तथ्यहरूमाथि अनुसन्धान गर्दा कामदार बिदामा रहेको अवस्थामा गत माघ महिनामा इन्स्योरेन्स गराएको रकम दाबी गरी रकम लिने दूषित मनसायका आगलागी गरेको अनुमान प्रहरीले गरेको छ। पक्राउ परेका लोहारलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP