Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

विजयनगरमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको अनुगमन

राम प्रघट कोरी ,विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सोमवार एक टोलीले अनुगमन गरेको छ । गाउँपालिका अन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ को मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अनुगमन गरिएको हो ।

गाउँपालिकाभित्र विभिन्न वडामा सञ्चालन भएको कार्यक्रमको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा वडा नं. ७ मा बर्थिङ सेन्टर भवन निमार्ण, बंगुर खोर निमार्ण, आइसोलेशन सेन्टरमा बेडको साथै क्वारेन्टाइनमा व्यवस्थापन लगायतमा विशेषका साथ कार्य भएको सहजकर्ता रुकैया खातुनले बताउनुभयो ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले गाउँपालिकाभित्र विकासका क्षेत्रमा केही उत्कृष्ट कार्य गर्न सकेको र यस कोरोना महामारीको विषम परिस्थितिमा प्रभावकारी भूमिको निर्वाह गरेको अनुगमन टोलीले जनाएको छ ।

आज जिल्लाका समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, उपप्रमुख तारावती चौधरी , जिल्ला समन्वय अधिकारी रेउती रमण शर्मा, गाउँपालिका प्रमुख गोपाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, सञ्चारकर्मी राम प्रघट कोरी, सहजकर्ता रुकैया खातुन लगायतको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP