Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

‘प्रधानमन्त्री र नेकपा नेताहरुले कांग्रेससँग झुटको खेती गरिरहेका छन्’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपाले कांग्रेसमाथि झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाए अब के के विषयमा छलफल गर्ने हो भोली कार्यव्यवस्था समितिको बैठक राखेर छलफल गरौँ भनेर सल्लाह गरेको तर, भोली पल्टै पार्टी र सभामुखलाई समेत जानकारी नगराई संसद अधिवेशन अन्त्य गरेको बताउनुभायो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै डा. रिजालले ओली र देउवाका बीचमा भएको भेटघाटलाई नेकपा फुटाउने र मिलेर सरकार बनाउने विषयसँग जोडेर प्रचार गरिएकोप्रति पनि आपत्ति जनाउनु भयो ।

नेता रिजालले पछिल्लो समय सत्तापक्ष र विपक्षबिचको तिक्ता अधिक बढेर गएकाले यो महामारीको समयमा यसलाई कम गर्नका लागि मात्रै दोहोरो भेटघाट भइरहेको र नेकपाको पार्टीको आन्तरिक विवादका विषयमा खासै कुरा समेत नभएको दावी गर्नुभयो । उहाँले सुवास नेम्वाङसँगको छलफलमा पनि बाहिर आए जस्तो प्रधानमन्त्रीलाई सघाउने र मन्त्रालय बाँड्ने भन्ने कुरा प्रसंगमै नआएको बताउनुभयो ।

कोराना संक्रमण रोकथामका विषयमा नेम्वाङसँग छलफल भएको र अन्त्यमा फर्किने समयमा उहाँलेनै पार्टीमा केहि विवाद भएर सरकारले पनि काम गर्न नसकिरहेकाले मिलाउने प्रयास भइरहेको जानकारी गराएको तर, सभापति देउवाले यसका कुनै धारण नराखेको रिजालको भनाई छ ।

रिजालले भन्नुभयो, ‘केपी ओलीलाई साथ दिने भन्ने विषय गलत हो । सभापतिले पनि विभिन्न नेताहरुसँग भेटनुभएको छ । मैले पनि भेटेकै हो । सुवासजी, सभापतिजी र मबीच जे कुरा भए त्यो भन्दा गलत समाचार बाहिर आयो । नेम्वाङले भेटमा पार्टीको अवस्थाका विषयमा कुरै उठाउन भएन । प्रधानमन्त्रीले अर्को पार्टीसँग मिलेर सरकार बनाउने भन्ने कुरा रत्नपार्कमा औषधी बेच्नु जस्तै हो ।’

उहाँले नेपाली कांग्रेस र नेकपाको आधा आधा शक्ति मिलेर सरकार बन्ने व्यवस्था कुनै संविधानमा नभएको भन्दै प्रधानमन्त्री फेर्ने कुरा नेकपाको संसदीय दलले मात्रै सक्ने दावी गर्नुभयो । नेकपा संसदीय दलमा निर्वाचित नभएको व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउनै नसक्ने र नेकपाका दोस्रो तहका नेताहरुसँग कुरा हुँदा उहाँहरुले पार्टी फुटमा जान नदिने बताएको रिजालको भनाई छ ।

उहाँले भन्नुभयो,‘हाम्रो पार्टीमा पनि खचपच हुन्छ, हामी पनि फुटेर जुटेका हौ, झगडा कम्युष्टि पार्टीमा परेको छ, हामी त दर्शक मात्र हौँ, भेटघाटले सत्ताको खेल खेलिदैन ।” कोरोना नियन्त्रण गर्ने, अर्थतन्त्रको अवस्थामा सुधार ल्याउनेलगायतका विषयमा सत्तापक्ष र विपक्षबिच भेटघाट भइरहनु पर्नेमा नेता रिजालले जोड दिनुभयो ।

उहाँले नेकपा जस्तो पार्टी चीनका राजदूतको पछाडी लाग्नु लज्जास्पद भएको भन्दै एउटा पक्ष भारतले हस्तक्षेप गर्यो भन्नु र अर्को पक्षले चीनको साथ लिनुले नेकपा कस्तो पार्टीहो भन्ने नबुझिएको बताउनुभयो ।

दुइतिहाई पाएको नेपाल कम्युनिष्ट पार्टीलाई विदेशीले सरकार बनाउने र खसाल्ने काम गर्दिनुपर्ने अवस्था देखिएको रिजालको टिप्पणी छ । नेकपामा धुलो उडाएर विदेशहरु हिडिरहेको र यसले नेपालको विदेश नीति समाप्त पारेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP