ओली र प्रचण्डबीच भेटवार्ता चल्दै

पार्टीभित्रको विवाद मिलाउन नेकपाका दुई अध्यक्षबीच आज पनि एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको हो । 
पछिल्लोपटक बढेको विवाद मिलाउन पहिले दुई अध्यक्षबीच मात्रै छलफल गर्ने र आवश्यक परेमा मात्र अरु नेताहरुलाई सहभागी गराउने सहमति भएको छ । दुई अध्यक्षबीचको भेट सकारात्मक बन्दै गएको नेताहरुको भनाई छ । पार्टीको स्थायी कमिटी बैठक र सामूहिक छलफल स्थगित गरेर नेकपाका दुई अध्यक्षले एक्लाएक्लै भेटको रणनीति अपनाएका हुन् । 
हिजो पनि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच भेट भएको थियो । दुई अध्यक्षबीच सहमति जुट्यो भने त्यसैका आधारमा अन्य नेतासँग छलफल गर्ने ओली–प्रचण्डको तयारी छ । सहमति खोज्न भन्दै स्थायी कमिटी बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP