Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक शोक प्रस्ताव पारित गरी स्थगन गरिएको छ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद दीपक बोहोराको निधनसम्बन्धमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मत पारित गरेसँगै सभा स्थगन गरिएको हो। यसअघि स्व बोहोराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्व बोहोरा संविधानसभा सदस्य पनि थिए। उनी रुपन्देही निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

अध्यक्ष दाहालले भने, “विसं २००७ चैत १८ गते जन्मिनुभएका प्रतिनिधिसभा सांसद बोहोराको ७४ वर्षको उमेरमा गत चैत १९ गते निधन भएकामा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ।”

सभाको अर्को बैठक वैशाख १४ गते आइतवार दिउँसो सवा १ बजे बस्नेछ। सभाध्यक्ष दाहालले सभाको १८औँ अधिवेशनको पहिलो बैठकमा सदस्यलाई स्वागत गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP