Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड

कैलाली : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन्।

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई-मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ झुँगामा आज आयोजित खबरदारीसभामा उनले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै सक्दैन भने।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुननदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन तथा आवश्यकतानुसार संशोधन पनि गर्नुपर्ने बताए।

देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो। साथै उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP