Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामाेदर पण्डितले थाहाखबरसँग पुष्टि गरे।

रेशम पाक्राउ पर्नुकाे स्पष्ट कारण खुलेकाे छैन। तर जनमत अध्यक्ष डा. सिके राउतका अनुसार उनलाई पुरानो फैसला कार्यान्वय लागि भन्दै प्रहरीले पक्राउ गरेकाेहाे। टिकापुर काण्डका प्रमुख आरोपी रेशम राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा भएका थिए।

राउतले ​डिल्ली बजार जेल पठाएको खबरसमेत प्राप्त भएको सामाजिक संजालमार्फत उल्लेख गरेका छन्। आज नै राउत नेतृत्वकाे जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्न कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम राखिएको थियाे। दुवै दलका नेता–कार्यकर्ता कार्यक्रमस्थलमा उपस्थित थिए।

तर रेशम पक्राउ परेसँगै एकताका लागि राखिएको कार्यक्रम स्थगित भएकाे छ। रेशम पक्राउकाे घोर भर्त्सना गर्दै राउतले भनेका छन्, ‘आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP