Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेका उल्लेख गर्दै जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे।

“रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ। तिनले कराएर केही हुँदैन। अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ”, उनले भने, “त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनु पर्नेछ। यो काममा तपाईं, हामी, सबैले सहकार्य गर्दै अघि बढ्नुपर्छ।”

प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा सकारात्मक र प्रेरणामूलक चलचित्र र नाटक बनाउँदा हेर्ने दर्शकको कमी नहुने धारणा राख्दै सांस्कृतिक, कला, भाषालगायत मुलुकका विविधता संरक्षण र प्रवर्द्धन गर्ने किसिमका चलचित्र र नाटक निर्माण गर्नुपर्नेमा जोड दिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP