Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘भोलीदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुन्छ’

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोली बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सम्भावित बाढीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजदेखि नै कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाब बढ्दै जाने अनुमान गरेको छ ।

कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना, कान्द्रालगायत नदीका केही स–साना सहायक नदीमा भने आकस्मिक बहाब हुन सक्ने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बिहीबारदेखि देशभरका नदीको बहाब बढ्ने आकलन गरिएको छ ।

२६ देखि २९ गतेसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र तिनका सहायक नदीमा पानीको बहाब बढ्ने महाशाखाको अनुमान छ । ती नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्ने भएकाले सचेत हुन विशेषज्ञहरुले सजग गराएका छन् । यस्तै, कर्णाली, पश्चिम राप्ती, बबई र महाकाली नदीमा पनि पानीको सतह सामान्य बढ्ने अनुमान छ ।

महाशाखाका अनुसार आजदेखि नै प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको चुरे–तराईबाट बहने प्रायः सबै नदीमा पानीको बहाब सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP