Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई

विराटनगर : सरकार ‘शुभकामना’ दिन पनि योग्य नभएको भन्दै एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले असन्तुष्टि व्यक्त गरेका छन्।

पूर्व मुख्यमन्त्री समेत रहेका राईले प्रदेशसभामा जारी बर्खे अधिवेशनको क्रममा बोल्दै पटक–पटक आवाज उठाउँदा पनि प्रभाव नपरेको भन्दै सरकार जवाफदेही हुनुपर्ने बताए।

राईले भने, “धेरै पटक बलियो बोलेर केही हुन्छ जस्तो लागेको छैन। आफ्नै इज्जत जोगाउन पनि अब नबोल्नुपर्ने स्थिति आएको छ।” उनले वर्तमान सरकार ‘शुभकामना’का लागि पनि लायक नरहेको भन्दै आलोचना गरे।

सांसद राईका अनुसार अघिल्लो अधिवेशनमा टुंग्याउने भनिएको योजनाको नियमावली अझै बनेको छैन। उनले थपे, “तीन वर्षसम्म नियमावली नबनाई सांसदलाई सजिलो पार्ने भनेर सभामा जान नमिल्ने अवस्था बनाइएको छ।”

रातो किताबमा परेको सार्वभौमिक बहुवर्षे योजना आफ्नै क्षेत्रमा टुक्रे बनाएर, कोटेशनमा लगेर कार्यान्वयन गरिएको समेत बताए।

राईले ठेक्का प्रक्रिया र विपक्षलाई बेवास्ता गर्दै गरिएको योजनाको कार्यान्वयनप्रति पनि आपत्ति जनाए। “बहुवर्षीय स्रोत सुनिश्चितताको योजना बनाउन एक वर्ष लाग्छ भने सरकारले काम के गर्छ?”‚ उनले प्रश्न गरे।

जननिर्वाचित नआएको योजना आयोगको भूमिका र योजनामा गरिएको ठाडो नियुक्तिप्रति पनि उनले आलोचना गरे। साथै लगानी सम्मेलन राम्रो भए पनि ‘धेरै हल्ला नगर्नु, यही फाइनल सम्झौता हो भने ढर्रा नगर्नु’ भन्दै सरकारलाई चेतावनी दिएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP