काठमाडौँ : ६ कम्युनिष्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समितिले भूमि बैंक खारेज नगरे र सरकारी उद्योगहरूको निजीकरण भए सशक्त किसान आन्दोलन गर्ने चेतावनी दिएको छ।
आइतबार राजधानीको संवाद डबलीमा कार्यक्रम गरी भूमि बैंक ग्रामीण क्षेत्रका किसानहरूको जमिन खोसेर विदेशी बहुराष्ट्रिय कम्पनी र स्वदेशी दलाल पुँजीपतिहरूलाई सुम्पने किसान विरोधी षड्यन्त्र भएको बताउँदै त्यसको खारेजी गर्नुपर्ने बताए।
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का अध्यक्ष तथा संविधानसभा सदस्य चित्रबहादुर श्रेष्ठले ओली सरकारले भूमि बैंक र उद्योगहरूको निजीकरण गरे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए। श्रेष्ठले भूमि नेपालीहरूको बाँच्ने आधार मात्र नभई संस्कृति र गौरवको विषय भएकाले भूमि बैंकविरुद्ध सबै मिलेर संघर्ष गर्नुपर्ने बताए।
अखिल नेपाल किसान महासंघ (अन्फा) का इन्चार्ज बलराम बास्कोटाले वर्तमान एमाले–काँग्रेसको दुई तिहाइको गठबन्धन सरकार किसानविरोधी भएको दाबी गरे। बास्कोटाले केपी ओलीले किसानलाई धेरै जिस्क्याएमा उनले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।
अखिल नेपाल किसा महासंघ(अप्फा) अध्यक्ष भैरवराज रेग्मी किसानको गुम्न लागेको अधिकार रक्षाका लागि संसद्देखि सडकसम्म आन्दोलन चर्काउनुपर्ने धारणा राखे। ओली सरकारले कमिशनका लागि जल, जमिन र खनिजमाथि विदेशी हस्तक्षेप गराउन लगेको दाबी गरे।
क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले केपी ओली नामको मात्रै कम्युनिष्ट भएको र जनविरोधी तथा किसानविरोधी भएको दाबी गरे। उनले ओली सरकारले देशका सबै स्रोत साधन विदेशीलाई सुम्पन लागेकाले किसान संघर्ष जरुरी भएको बताए।
अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदीले किसानहरू देशका जीवनदायी शक्ति भएकाले उनीहरूको हकहित र अधिकारको रक्षा गर्नु सबैको दायित्व भएको बताए।
प्रतिनिधिसभा सदस्य रणेन्द्र बराइलीले वर्तमान ओली सरकारले भूमि बैंकमार्फत किसानको जमिन दलालहरूलाई ९९ वर्षसम्मका लागि दिने र वनलाई समेत निजीकरण गरी पुँजीपतिहरूलाई दिने षड्यन्त्र गरिरहेको आरोप लगाए।
प्रतिनिधिसभा सदस्य मीना तामाङले संसद्मा कृषि र किसानको हितमा बोल्दा पनि सरकारले नसुनेको दुःखेसो व्यक्त गरिन्। आफ्नो अधिकारका लागि किसानले पनि सडक नतताउँदासम्म न्याय नपाउने ठोकुवा गरिन्।
अखिल नेपाल किसान महासंघका संयोजक बलदेव चौधरीले ओली सरकारले मुखले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने तर व्यवहारले ‘गरिब नेपाल, दुःखी नेपाली’ बनाउन खोजेको आरोप लगाए। चौधरीले भूमि बैंक किसान विरोधी भएको दाबी गरे।
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले भूमि बैंक नवउदारवादी नीति अन्तर्गतको कार्यक्रम भएकाले यसले किसानहरूको जमिन खोसेर दलाल पुँजीपतिहरूलाई सुम्पने र किसानहरूलाई आत्महत्या गर्न बाध्य पार्ने भएकाले यसलाई खारेज गर्नुपर्ने माग राखे। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया