गौर : वृन्दावन नगरपालिकाले स्थायी प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढाएको छ। नगरप्रमुख विनोदप्रसाद कुर्मीको नेतृत्वमा उक्त काम हुन थालेको हो।
२०७३ सालमा गठित वृन्दावन नगरपालिकाको स्थायी कार्यालय कहाँ राख्ने भन्नेमा अन्योल थियो। विगतमा पालिकाको कार्यालय विश्रामपुरमा सञ्चालन हुँदै आएको थियो। बीचमा कार्यालय वृन्दावन–१ स्थित हनुमानचौक सार्ने प्रयास भयो तर स्थानीयको विरोधका कारण त्यो सम्भव भएन।
२०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट निर्वाचित तत्कालीन नगरप्रमुख रामस्नेही यादवले हनुमानचौकमा कार्यालय सार्ने योजना अघि सारे पनि स्थानीयको विरोधका कारण योजना थातीमा परेको थियो। त्यसबेलादेखि नै कार्यालयको स्थान र भवन निर्माण विषयमा राजनीतिक तथा सामाजिक स्तरमा असहमति रहँदै आएको थियो।
२०७९ सालको स्थानीय निर्वाचनमा नगरप्रमुख विनोदप्रसाद कुर्मीले कार्यालय नसार्ने तथा स्थायी प्रशासनिक भवन बनाउने एजेन्डालाई चुनावी मुद्दा बनाएका थिए। कुर्मीले अब त्यो प्रतिबद्धता कार्यान्वयनमा ल्याएका छन्। नगरप्रमुख कुर्मीका अनुसार भवन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालै काठमाडौंस्थित जेबी कन्ट्रक्सन प्रालिलाई ६ करोड ४६ लाख ५५ हजार ५५५ रुपैयाँ ३३ पैसामा भवन निर्माणको जिम्मा दिइएको वृन्दावनका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिए।
नगरप्रमुख कुर्मी भने, “हामी जनताको स्पष्ट अपेक्षा र विश्वासअनुसार अगाडि बढिरहेका छौं”, उनले थपे, “विगतका विवाद र द्वन्द्वलाई टुंग्याउँदै हामी विकास र स्थायीतर्फ केन्द्रित भएका छौं।”
स्थानीय बासिन्दा सुरेन्द्रप्रसाद पटेलले भवन निर्माण प्रक्रिया सुरु भएपछि नगरवासीहरूले सजिलै सेवा पाउने विश्वास व्यक्त गरेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया