काठमाडौँ : काठमाडौँको पिङ्लास्थानमा आज एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा ८ वटा सवारीसाधानमा क्षति भएको छ।
उक्त दुर्घटनामा ३ जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकखण्डमा गौशालाबाट तिलगंगातर्फ गइरहेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ती गाडीहरूमा क्षति भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त दुर्घटनामा बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस, बा ५ ख ७३१ नम्बरको हायस, बा प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बि एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटरसाइकल र बा प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरमा क्षति भएको हो।
उक्त दुर्घटनामा धादिङका राजकुमार श्रेष्ठ, नुवाकोटका विकाश कट्टेल, र खोटाङका शैलेन्द्र राई घाइते भएका छन्। अनियन्त्रित भएर पल्टिएको बसका चालक फरार रहेका प्रहरीले जनाएको छ। घटना आज विहान १०ः५५ बजे भएको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया