Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन पेस गरेकी हुन्।

बैठकमा राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे।

राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो। उक्त विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP