Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

हाइमास्ट लाइट जडानको खाल्डो खनेर ठेकेदार बेपत्ता२०८२, ८ जेष्ठ बुधबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा चोक, रुद्रपुर चोक र खरेन्द्रपुर चोकमा हाईमास्ट लाइट जडानका लागि खाडल खनेर छाडिएको छ ।

ठेकेदार कम्पनी नेपालटेक ग्रुप कम्पनी लिमिटेड काम अधुरो छाडेर बेपत्ता भएपछि स्थानीयवासी सास्तीमा परेका छन ।

वैशाख २३ गते मंगलबार जेसिबी प्रयोग गरी खाडल खन्ने काम नगरप्रमुख अजय थापा लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा गरिएको थियो । तस्बिरहरू सामाजिक सञ्जालमा उत्साहका साथ सार्वजनिक गरिए ।

नगरवासीहरूले उज्यालो हुने अपेक्षा गरेका थिए । तर आजसम्म पनि खाडलकै अवस्थामै पानी जमेको छ । कुनै काम अगाडि बढेको छैन ।

हाईमास्ट लाइट जडानका लागि शिवराज नगरपालिकाले २०८१ चैत ५ गते नेपालटेक ग्रुप कम्पनी लिमिटेड, जावलाखेलसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार रु २७ लाखको योजना ४८ प्रतिशत बिलोमा रु १२ लाख ९६ हजारमा सम्झौता गरिएको थियो । यति सस्तोमा काम जिम्मा लिएको कम्पनीले गुणस्तरीयता त परै जाओस्, खाडल बाहेकको अन्य काम सुरु पनि नगरेको गुनासो बढेको छ ।

सम्झौता भएको दुई महिना बितिसक्दा पनि खाडल बाहेक लाइट जडान सम्बन्धी कुनै काम अघि बढेको छैन । यसले निर्माण कम्पनीको नियतमै प्रश्न उठाएको छ ।

निर्माण कम्पनीले निर्माणस्थलमा कुनै पनि किसिमको सूचना पार्टी समेत राखेको छैन । उक्त योजना कसले निर्माण गर्न लागेको हो ? कति लागतमा लागेको हो ? कहिले निर्माण हुने हो समेत केही नखुलेको स्थानीयको भनाइ छ ।

शिवराज नगरपालिकाका प्राविधिक प्रमुख रामजी नेपालीले पटक–पटक निर्माण कम्पनीलाई पत्र र फोनमार्फत ताकेता गर्दा पनि कुनै जवाफ नआएको बताएका छन् । “हामीले धेरै प्रयास गर्‍यौं, तर ठेकेदार कम्पनीसँग सम्पर्क हुन सकेको छैन,” इन्जिनियर नेपालीले भन्नुभयो ।

समाचार तयार पार्ने क्रममा न्युज सेन्टर नेपालले नेपालटेक ग्रुप कम्पनी लिमिटेडका सञ्चालकलाई ९८५५०४१८५० नम्बरमा सम्पर्क गर्दा फोन नै उठेन ।

सार्वजनिक रकमको दुरुपयोग गर्दै स्थानीयलाई सास्ती दिएको यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कडा कारबाही गर्नु पर्ने स्थानीयको माग छ । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP