सनिउल्ला धोबी
कपिलवस्तु
नेपालको इतिहासमै कलंकको रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोईद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणले ज्यान मात्र गुमाएनन् ५० करोड रूपैयाँ बराबरको धनमाल लुटपाट तथा आगजनी भएको थियो ।
३० गते हत्या भएपछि भड्किएको हिंसाका कारण चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनई लगायतका स्थानमा हत्या, बलात्कार, आगजनी हुँदा ठूलो धनजनको क्षति भएको थियो । १ सय ६० सवारी साधनमा आगजनी भएको थियो भने १० हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए ।
घटनापछिका हरेक वर्ष भदौ ३० गतेलाई स्थानीयले कहिलेकालो दिन त कहिले स्मरण दिनको रुपमा मनाउने गर्दछन् । यसपालि सोही दिनको स्मरण गरिएको छ । कपिलवस्तु घटनाको स्मरण गर्दै सोमबार आयोजित कार्यक्रममा कपिलवस्तु संघर्ष समितिका अध्यक्ष महादेव पोखरेलले भने, ‘सर्बोच्च अदालतमा दर्जानौ पटक पेसी सरिसकेको छ, हामी न्याय खोज्न कहाँ जाऔं अब रु’ उनले अहिलेको सरकारले पीडितहरुलाई न्याय र राहत दिनेआशा व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुले ०६४ भदौ ३० गतेजस्तो त्रासदी फेरि कहिल्लै भोग्न नपरोस् भन्ने कामना गरे । कहाली लाग्दो यो घटनाको।१२ बर्ष बितिसक्दा पनि पीडितले अझैसम्म पनि राज्यबाट न्याय नपाएको गुनासो भन्दै राज्यले उचित क्षतिपुर्ती दिनु पर्ने राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले बताउनु भयो । मानव अधिकारकर्मी खतिवडाले सरकारीले क्षतिपूर्ति समेत नदिएकोले पिडितहरु झन पिडित बन्दै गएका छन । १२ बर्ष वितेको सरकारले न्याय दिनु पर्ने उहाले बताउनु भयो ।
१२ वर्ष विति सक्दा पनि आफ्ना मागहरु सुनुवाई नभएपछि पीडितहरुले मल्लिक आयोगको छानविन प्रतिवेदनअनुसार क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढकाए । सर्वोच्च अदालतमा ८ वर्षअगाडि रिट दायर गरेको भए पनि रिटको अझैसम्म सुनुवाई भएको छैन । घटनाको छानविन गर्न तत्कालिन सरकारले पुनरावेदन अदालत राजविराजका तत्कालिन न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले ३ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । छानविनको क्रममा राज्यकोषबाट करीब डेढ करोड रूपैयाँ खर्च भएको थियो । तर, सो प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन ।
हिंसात्मक घटना भएको १२ बर्ष वित्ते पनि कपिलवस्तुको चन्द्रौटामा बसाइ सर्ने गर्नेको चाप बढेको छ । २०६४ साल भदौ ३० गते कपिलवस्तुमा भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले पछिल्लो समय चन्द्रौटालाई विशेष सुरक्षा संयन्त्रमा राखेर कार्य थालेसँगै बसाइसराइ गरेर आउनेहरु बढेका हुन् ।
२०६४ साल भदौ ३० मा १५ हजारको हाराहारीमा रहेको चन्द्रौटाको जनसंख्या हाल २५हजार भन्दा बढी भएको छ । चन्द्रौटामा एक हजारको हाराहारीमा नयाँ घर बनिसकेका छन् भने केही निर्माणाधिन अवस्थामा छन् । ब्यापारिक केन्द्र चन्द्रौटामा गुल्मी, अर्घाखाँची लगायत जिल्लाका बासिन्दाहरु धेरै बसाईं सरेर आएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया