Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

सार्वजनिक यातायात चलाउने बारे व्यवसायी अन्यौलमा, आज आकस्मीक बैठक

काठमाडौं । सरकारले आजदेखि सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेपनि यातायात व्यवसायी भने अन्यौलमा परेका छन् ।
सरकारले पर्याप्त छलफल र परामर्श नै नगरी एकलौटी निर्णय गरेको भन्दै व्यवसायीहरुले अन्यौलता प्रकट गरेका हुन् ।

सार्वजनिक यातायातका साथ चलाउन दिने बारे सरकारको निर्णय आफुहरुले सञ्चार माध्यम मार्फत् थाहा पाएको र अचम्मीत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सरोज सिटौलालेबताउनुभयो ।

“हाम्रा साधनहरुका चालक, कर्मचारी कहाँ छन् भन्ने थाहा छैन, साधनहरु कुहिएको अवस्थामा छन्, आजको आजै सञ्चालन गर्न सकिने अवस्था छैन, तयारीका लागि केही समय दिनु पथ्र्यो,”सिटौलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भन्नुभयो ।

तीन महिनादेखि थन्क्याइएका सवारी साधन बनाउनु पर्ने र चालक तथा कर्मचारीहरु सम्वन्धीत ठाउँमा पुग्नु पर्ने भएकाले त्यसका लागि केही समय आवश्यक भएको उहाँको भनाई छ ।

सवारी साधन सञ्चालन गर्दा यातायात मजदुर र यात्रुहरुको स्वास्थ्य सुरक्षा कसरी सुनिश्चित गर्ने, मापदण्डहरु के के बनाउने भन्ने बारेमा सरकारलेसरोकारवालाहरुलाई राखेर छलफल गरेको भए प्रभावकारी उपायहरु आउन सक्ने महासचिव सिटौलाले बताउनुभयो ।

यातायात सञ्चालनका उपायहरुका बारेमा आफुहरुले पटक पटक ध्यानाकर्षण गराउदाँ पनि कुनै वास्ता नगरेको सरकारले एकटौली रुपमा निर्णय गरेको र त्यो निर्णय अपर्याप्त, अपरिपक्व र अस्पष्ट रहेको उहाँको भनाई छ ।

सरकारको निर्णय अनुसार यातायातका साधन सञ्चालन गर्न सकिने वा नसकिने वा के के व्यवस्था गर्नु पर्दछ भन्ने बारेमा निर्णय गर्न आज दिउसो १ बजे महासंघको आकस्मीक बैठक बोलाइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP