Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत

रौतहट : रौतहटमा अन्य पार्टी परित्याग गरी दुईसय नेता–कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्। जिल्लाको माधवनारायण नगरपालिका–५ मिठुअवा कटहरिया टोलमा आज आयोजित पार्टी प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस माधवनारायण नगरपालिका–५ को वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता, मधेश सभापति एवं सांसद कृष्णप्रसाद यादवले खादामाला लगाएर पार्टीमा स्वागत गरे। अरु दलको कुनै भविष्य नरहेको बताउँदै उनीहरूले कांग्रेसमा आएकाहरूलाई उनले उज्वल राजनीतिक भविष्यको शुभकामना दिए।

कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताको विशेष पहलमा उनीहरू विभिन्न दल छाडेर कांग्रेसमा प्रवेश गरेका हुन्। राजनीतिमा ठूलो पकड भएका र राजनीतिमा ठूलो प्रभाव राख्ने दिगज नेताहरू कांग्रेसमा प्रवेश गरेकाले आगामी दिनको लागि मिठुअवा र माधवनारायण नगरपालिकामा पार्टी अझै मजबूत भएको नेता गुप्ताले बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP