Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

गुल्मीको छत्रकोटका अध्यक्ष विरुद्धमा स्थानीयको प्रदर्शन, लाखौँ अनियमितता गरेको आरोप

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तको विरुद्धमा स्थानीय गाउँलेहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अध्यक्ष पन्तका विरुद्धमा नारावाजी गर्दै गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । लामो समयदेखि धेरै कामहरुमा विधि र प्रक्रियालाई मिचेको भन्दै स्थानीयले उहाँका विरुद्धमा प्रदर्शन गरेका हुन् ।

गाउँपालिकामा रहेको बजेट बाँडफाँड गरेर वडा वडामा पठाउनु पर्नेमा वडालाई नदिई आफैले योजना र कार्यक्रमहरु बनाएर आफै काम गर्ने गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । काँग्रेस नेता अनन्त पौडेल ,धाता भुसाल, मोती भण्डारीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुका अनुसार अध्यक्ष पन्तले गाउँपालिकाका अधिकांश काम आफ्नै डोजर मार्फत् आफैले गराउने गर्नुभएको छ ।

वडा अध्यक्षहरुले बजेट माग गर्दा पनि अनेक गरेर झुलाउने र आफ्नै डोजर मार्फत् काम गराउने सर्तमा मात्रै दिने गरेको स्थानीयको भनाइ छ । अध्यक्ष पन्तले वडालाई बजेट नदिएर गाउँपालिकाको झण्डै ८० लाख र सांसद विकास कोषको झण्डै ५० लाख आफ्नै नियन्त्रणमा राखेको स्थानीयले बताएका छन् ।

पन्तले यसअघि कागतीका ५० ओटा विरुवा लगाउन २२ लाख रुपैया खर्च देखाएको भनेर यसअघि पनि विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । पन्तले लाखौँको अनियमितता गरेकोभन्दै धेरै ठाउँमा उजुरी दिएपनि कसैले सुनुवाई नगरेकोप्रति पनि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।

नेकपा गुल्मीका अध्यक्ष समेत रहेका पन्तप्रति नेकपाकै नेता तथा कार्यकर्ताहरु पनि असन्तुट रहेका छन्। उहाँले कुनै पनि काम गर्दा आफ्नै पार्टी र सहयात्री दलहरुसँग समन्वय नगरी एकलौटी गर्ने गरेकोभन्दै पार्टी भित्रैबाट बेला बेलामा विरोध हुने गरेको छ ।

उहाँको भूमिकालाई स्थानीय सरकारमा हुने विक्रितीको उदाहरणका रुपमा प्रस्तुत गर्ने गरिएको छ । जनताको रगत पसिना काटेर बनाइएको सरकारी बजेटलाई पन्त जस्ता जनप्रतिनिधिले दुृरुपयोग गरेकोभन्दै स्थानीयले आक्रोश व्यक्त गर्ने गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP