आज पनि केही ठाउँमा भारी वर्षा

काठमाण्डाै – आज पनि देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अहिले ठूलो पानी परिरहेको छ ।

त्यस्तै कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश ५ को पश्चिम राप्तीमा ठूलो पानी परेसँगै बाढी आउने सम्भावना रहेकोले सतर्क रहन महाशाखाका मौसमविद निराजन सापकोटाले आग्रह गर्नुभएको छ । यस्तै वाग्मती नदीमा पनि पानीको सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो पनि देशका केही भुभागमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । आज कर्णाली प्रदेश र प्रदेश १ का केही ठाउँमा चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनसुन पश्चिमी भेगमा भोलिसम्म र मध्य तथा पूर्वी क्षेत्रमा भने अझै ३ देखि ४ दिनसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने ठाउँमा बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP