नवलपुरमा डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व, नवलपुरको गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो । त्यही डाइभर्सन आज बिहान ४ बजेको समयमा बाढीले बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले बताउनुभयो ।

बाढीले डाइभर्सन बगाएपछि आवतजावत पूर्ण रुपमा रोकिएको छ । खाद्यान्न लगायतका अन्य सामाग्री ढुवानी गर्ने गाडी बिहानदेखि नै रोकिएका छन् । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडी समेत रोकिएका छन् । 

बगाएको डाइभर्सन बनाउने काम सुरु गरिएको प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो । उहाँका अनुसार यातायात सञ्चालनमा आउन अझै केही घण्टा लाग्नेछ ।

तस्बिर : गोविन्द घिमिरेको फेसबुकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP