Trending
flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत राजनीति सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता राजनीति एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमालेमै फर्किए

पार्टी चलाउन चीनबाट सिक्नुपर्छ : नेकपा नेतृ पम्फा भुसाल

काठमाडौं । नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालले पार्टी चलाउन चीनबाट सिक्नुपर्ने बताउनु भएको छ । चीनसँग पार्टी सञ्चालन सम्वन्धी अभुतपुर्व अनुभव भएकाले पार्टी चलाउन चीनबाट सिक्नु पर्ने उहाँको भनाई छ ।

झण्डै ७१ बर्षदेखि सत्ता सञ्चालन गरिरहेको चिनिया कम्युनिष्ट पार्टीलेपार्टी फुटाउने प्रयास नगरेको उहाँको दावी छ । चिनियाँ राजदूतले शिर्ष नेताहरुलाई भेटघाट गर्नु गलत नभएको तर्क गर्दै उहाँले जुटाउनका लागि गरिएको प्रयासलाई नकारात्मक रुपमा लिन नहुने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेतृ भुसालले सुवेच्छुक देशका राजदूतले पुर्व प्रधानमन्त्रीहरुलाई भेट्नु के नराम्रो कुरा भयो र भनेर प्रतिप्रश्न गर्नुभयो । नेपालमा चिनियाँ सक्रियतालाई स्वागत गर्दै उहाँले भारतको सक्रियता फुटाउनका लागि र चीनको सक्रियता जुटाउनका लागि भएको दावी गर्नुभयो ।

नेकपा नेतृ भुसालले ठोकुवा गर्दै भन्नुभयो, “चीनले नेपालमा कुनै हस्तक्षेप गरेको छैन, अव पनि गर्दैन ।”तत्कालिन माओवादीले जनयुद्ध गर्दा भारतमा सहयोगमा गरेको र अहिले चिनियाँ पक्षमा उभिएको आरोप बारे गरिएको प्रश्नमा उहाँले बच्कना कुरा नगर्नुस् भन्दै जवाफ दिन इन्कार गर्नुभयो ।

उहाँले जनयुद्ध नेपाली जनताले गरेको दावी गर्दै त्यसमा भारतीय संलग्नता थियो भन्नु जनता र आन्दोलनको अपमान भएको टिप्पणी गर्नुभयो । अहिले प्रधानमन्त्री फेरिन्छ की फेरिदैन भन्ने प्रश्नमा पनि उत्तर दिन सक्नु भएन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP