Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

भारतमा एकैदिन थपिए २८ हजार बढि कोरोना संक्रमित

कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सबैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार जना सङ्क्रमित भएका छन् ।

यता तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका २८ हजार ६३७ नयाँ संक्रमित फेला परेका छन। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो भारतमा एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८ लाख ४९ हजार ५५३ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट २२ हजार ६७४ मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५५१ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा कोरोना भाइरसका पाँच लाख ३४ हजार ६२१ संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP