Trending
समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

हामी कोही ‘राष्ट्रवादी’, कोही ‘राष्ट्रघाती’ होइनौँ : अध्यक्ष दाहाल

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गर्नुभयो । 

कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईँहरुलाई दिलाउन चाहन्छु ।’ पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।’ उहाँले सबैले पार्टी एकताकाे पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिनुभयो । 

पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उहाँले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गर्नुभयो । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उहाँले भन्नुभयो, ‘ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।’ 

चीनमा विशाल कम्युनिस्ट पार्टी नफुटेको बताउँदै उहाँले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिनुभयो । उहाँले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताउनुभयो । 

हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उहाँले भन्नुभयो, ‘संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।’ पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उहाँले कर्ताकर्तालाई आग्रह गर्नुभयो । 

संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्नेजस्ता कार्य सबै मिलेर गरेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्रका लागि काम गरेका छौँ ।’ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP