Trending
समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन

ओलीविरुद्ध चितवनमा प्रचण्डको गर्जनः कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र नयाँ नक्सा प्रकाशन गरेकोप्रति नेताहरुको जस लिने होडबाजी चलेको छ । भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेत समेटेर नयाँ नक्सा प्रकाशन गर्ने हिम्मत गरेको भन्दै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको जयजयकार हुन थालेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बावदेव गौतमसहितका नेताहरुले त्यसको जस लिन नपाएको आशयसहितको टिप्पणी सार्वजनिक रुपमै गरेका छन् । उनीहरुले सामूहिक एकताका आधारमा भएको काममा कसैको देवत्वकरण गर्न आवश्यक नरहेको बताएका हुन् ।

उपाध्यक्ष गौतमले प्रेस नोट सार्वजनिक गर्दै नयाँ नक्सा प्रकाशन तत्कालै गर्नुपर्ने निर्णय सचिवालय बैठकमा आफूले नै उठाएको दाबी गर्दै कसैलाई देवत्वकरण गर्न आवश्यक नरहेको बताउनुभएको थियो भने आज चितवनमा प्रचण्डले पनि सोही आशयको अभिव्यक्ति दिनुभएको छ । नयाँ नक्सा प्रकाशन गरेकोमा कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादीको बिल्ला भिराइएकोमा आपत्ति जनाउँदै प्रचण्डले पार्टीभित्र राष्ट्रवाद जिन्दावाद र मुर्दावादको विषय हो भन्दै प्रश्न गर्नुभयो । उहाँले नाकाबन्दीको सामना पनि सबै मिलेर गरेको र अहिले नयाँ नक्सा प्रकाशित गर्दा पनि सबैले अहम भूमिका खेलेको कुरालाई बिर्सन नहुने बताउनुभयो ।

संविधान जारी गर्दा बरु नाकाबन्दीको सामना गरेको तर भारतसँग नझुकेको जस पाउनुभएका प्रधानमन्त्री ओलीलाई यसपटक पनि भारतसँग निडर भएर नयाँ नक्सा प्रकाशित गरेको भन्दै उसैगरी जस मिलिरहेको छ । तर प्रधानमन्त्रीले नयाँ नक्सा प्रकाशन गरेकै कारण आफूलाई हटाउन भारतको राज्य संयन्त्र र नेपालकै ठूला नेताहरु पनि लागिरहेको आरोप लगाएपछि नेकपाभित्रैबाट उहाँको राजीनामा मागिएको छ । मदन भण्डारी फाउण्डसेनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेकै कारण आफूलाई हटाउन भारतको इशारामा चलखेल भइरहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

आफूलाई मात्रै राष्ट्रवादी देखाएर अरु सबै नेताहरुलाई अराष्ट्रिय तत्वका रुपमा प्रस्तुत गरेको भन्दै प्रचण्ड माधव नेपाल समूहले केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब बढाएको छ । तर भारतसँग निडर भएर प्रस्तुत भएका प्रधानमन्त्रीलाई हटाउन नपाईने भन्दै सडकमा नाराजुलुस समेत हुन थालेपछि ओलीविरोधी समूहलाई भारतपरस्तको आरोप जबरजस्त रुपमा लाग्न थालेको छ । सडकमा भारतीय दलाल होसियार जस्ता नारा ओली समर्थनक युवाहरुले लगाइरहेका छन् ।

सायद त्यही भएर ओली गृहजिल्ला चितवनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रवाद बारे पार्टीभित्रै जिन्दावाद र मुर्दावादको नारा लगाइएकोमा कडा आक्रोश पोख्नुभएको हो । राजनीतिक विश्लेषक पुरन्जन आचार्यले नेकपाभित्रको अहिलेको लडाईँको मुल कारण नै राष्ट्रवादी छविका लागि भइरहेको बताउनुभयो । केपी ओलीले आफूलाई मात्रै राष्ट्रवादी ठानेपछि अरु नेताहरुले प्रतिकार गरिहरेको उहाँको टिप्पणी छ ।

केपी ओलीले बरु पार्टी फुटाएर अघि बढ्ने तर दुवै पदबाट राजीनामा नदिने बताएपछि ओली सरकारको आयु र नेकपा पार्टीको भविष्य संकटमा छ । सत्तारुढ पार्टीभित्र चर्केको द्वन्द्वले मुलुकको भविष्यप्रति चित्ना प्रकट भइरहेको छ । तर प्रधानमन्त्री ओलीले भने पार्टीभित्रको विवादलाई नियमित प्रक्रियाको रुपमा व्याख्या गर्दै यो विवादले राजनीतिक स्थिरता र स्थायीत्वमा कुनै प्रभाव नपार्ने दाबी गर्नुभयो ।

पार्टीभित्रको विवादले सरकारको काममा वाधा नपुग्ने बताएर प्रधानमन्त्री ओलीले तत्काल सरकार फेरबदल हुने सम्भावना नरहेको स्पष्ट सन्देश दिन खोज्नुभएको छ । प्रधानमन्त्रीले यस्तो बताएको भोलिपल्ट गृहजिल्ला चितवनको यात्रामा निस्कनुभएका प्रचण्डले पनि पार्टीलाई फुटबाट जोगाउन सकिएको अभिव्यक्ति दिनुभयो । चितवनमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रचण्डले दुवै अध्यक्षलाई उक्साउने समूह सक्रिय रहेको भन्दै सावधान रहनुपर्ने बताउनुभयो । उहाँले जसरी पनि पार्टी एकतालाई जोगाइने दाबी गर्दै अहिले यता र उता लाग्ने नेताहरुले पछि पछुताउनु पर्ला भन्दै चेतावनी समेत दिनुभयो ।

दुवै अध्यक्षका यी अभिव्यक्तिले नेकपाभित्रको विवाद केही हदसम्म साम्य भएको आँकलन पनि गरिएको छ । परराष्ट्रमन्त्री समेत रहनुभएका नेकपाका नेता प्रदीप ज्ञवाली सहमति खोज्न दुवै अध्यक्ष प्रतिवद्ध भए पनि सहमतिको विन्दु भने पहिचान भइनसकेको बताउनुहुन्छ । ओली निकट नेता ज्ञवाली, प्रधानमन्त्रीको राजीनामा माग्ने समूह अहिले आफ्नो मागबारे पुर्नविचार गरिरहेको अनुमान आफूले गरिरहेको बताउनुहुन्छ ।

केपी ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज बलियो भएपछि पार्टीको स्थायी कमिटि बैठक बस्न सकिरहेको छैन । प्राकृतिक विपत्तिको सामनाका लागि भन्दै हाल गरिएको नेकपाभित्रको युद्धविरामले आगामी दिनमा कुन मोड लिने हो यकिन छैन । तर विकसित पछिल्ला घटनाक्रमहरुले प्रधानमन्त्रीको राजीनामाबाट प्रचण्ड माधव नेपाल समूह पछि हट्ने सम्भावना बढ्दै गएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP