Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

ऐतिहासिक रानीमहलको रङ्ग फेरियो, सामाजिक सञ्जालमा बहस

विजयकुमार बौडेल
पाल्पा ।

यसअघि आकाशी र सेतो रङ्ग मिसिएको ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय महत्वको रानीमहलमा पछिल्लो समय सेतो मात्र रङ्ग लगाएपछि सामाजिक सञ्जालमा बहस भएको छ ।

रानीमहल बनाउने क्रममा सेतो नै भएपनि २०६३/०६४ सालमा आकाशी र सेतो रङ्ग लगाइएको थियो ।

अहिले पुनः सेतो मात्र रङ्ग लगाएपछि सामाजिक सञ्जालमा रङ्ग फेर्नु ठिक कि बेठिक भन्ने विषयमा बहस चलेको हो ।

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले तानसेन नगरपालिकालाई २ बर्षअघि रानीमहलको संरक्षण गर्ने जिम्मेवारी दिनुभएको थियो ।

जिम्मेवारी पाएको २ बर्षपछि मात्र तानसेन नगरपालिकाले रङ्गरोगन गर्ने काम गरेको हो । चालु आर्थिक बर्षमा नगरपालिकाले रङ्गरोगन र सरसफाईका लागि बजेट विनियोजन गरेर काम गरिरहेको छ ।

४० लाख रकम विनियोजन गरेर नगरपालिकाले ५ वटा शौचालय निर्माणसहित रङ्गरोगनको काम गरेको हो ।

रङ्ग फेरिएपछि सामाजिक सञ्जालमा विभिन्न फरक फरक विचारहरू आइरहेका छन् । धेरैले पहिलेकै रङ्ग राम्रो भएको धारणा राखेका छन् ।

कतिपयले भने दरबारहरू धेरैजसो सेतै हुने भएकाले रानीमहललाई पनि सेतो बनाइएको हुनसक्ने धारणा राखेका छन् ।

कतिपयले यस्तो विषयलाई विवादको विषय बनाउन नहुने पनि बताएका छन् । अनि कतिपयले भने जस्तो रङ्ग भएपनि पहिचान गुम्न नहुने विचार राखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP