
काठमाडौँ : सर्लाहीको कौडेना गाउँपालिका- २, फूलपरासीमा सर्पले डस्दा महिलाको मृत्यु भएको छ। बुधबार दिउँसो गोमन सर्पले डस्दा ४२ वर्षीया श्रीमती नयनदेवी यादवको मृत्यु भएको हो।
नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्य विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए। अवस्था गम्भीर भएपछि मात्रै परिवारका सदस्यले उनलाई प्रादेशिक अस्पताल मलङ्गवा ल्याएका थिए। अस्पताल ल्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे।
अत्यन्त विषालु गोमन सर्पले डसेपछि तुरुन्त अस्पताल लग्नुको साटो झारफुक गर्न लग्दा बिरामीको मृत्यु भएको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र इन्चार्ज एवम् हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया