Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

आफ्नै सुत्ने कोठामा २० वर्षीया केसिला कुमारी यादव झुन्डिएको अवस्थामा फेला

भारदह : सप्तरीको बलान बिहुल गाउँपालिका २ ओद्राहामा बुधबार एक महिलाको शङ्कास्पद मृत्युु भएको छ।

आफ्नै सुत्ने कोठामा २० वर्षीया केसिला कुमारी यादव झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो।

झुन्डिएको अवस्थामा शव भेटिए पनि खुट्टा ओछ्यानमा छोएको र शरिरमा निलडाम देखिएपछि मृतकका बुुवा राजकुमार यादवले हत्या गरिएको आशङ्कामा घटनाबारे अनुसन्धान गरिपाउँ भनि इलाका प्रहरी कार्यालय कडोरवानामा मृतकका पति खगेन्द्र र ससुरा मदन यादवविरूद्ध जाहेरी दिएका छन्।

केसिलाको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कडरोवनाका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए।

अहिलेसम्म पोर्टमाटमको रिपोर्ट आइनसकेकाले कानुनी प्रक्रियामा अगाडि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डम्बर पुरीले जानकारी दिए। पोष्टर्माटमको रिपोर्ट अनुसार तत्कालै कानुनी प्रक्रिया अगाडि बढाइने छ।

विवाहमा दस लाख नगद, आधा तोला सुन, फर्निचरको सामान गरी १३ लाख बराबरको दाइजो दिए पनि छोरीको हत्या गरिएकाले न्यायका लागि पहल गरिदिन राजकुमारले आग्रह गरे।

झुन्डिएको अवस्थामा मृत्युु भएको खबर छिमेकीले पाएपछि घटनाको रहस्य खुलेको स्थानीयको भनाइ छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP