Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

प्रदेश एकमा कोरोना जितेर एकै दिन ३३ जना घर फर्किए

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार घर फर्केका छन् ।

सङ्क्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररत १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरूमा मोरङका पाँच जना, झापाका २० जना, सुनसरी दुइ जना, ताप्लेजुङका एक जना, सङ्खुवासभाका तीन जना र खोटााङका दुइ जना छन् । उनीहरूको डिस्चार्जपछि अस्पतालमा ४२ जना उपचाररत बाँकी रहेको पीयू मेडिकल कलेजका डिन डा. शैलेशमणी पोखरेलले जानकारी दिनुभएको छ ।

पीयू कोभिड–१९ उपचार केन्द्रबाट मात्रै हालसम्म २२७ जना डिस्चार्ज भइसकेका छन् । त्यहाँ भर्ना गरिएकामध्ये हालसम्म छ जनालाई बीपी प्रतिष्ठान धरान र कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रेफर गरिएको थियो । रेफर गरिएकाहरू समेत उपचारपछि घर फर्किसकेका छन् । गोठगाउँमा हालसम्म २७५ जना भर्ना भइसकेका छन् ।

प्रदेश १ मा जम्मा सङ्क्रमित ७२४ जनामध्ये उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या ६०४ जना पुगेको हो । प्रदेश १ अन्तर्गतका विभिन्न अस्पतालमा अब १२० जना सङ्क्रमित उपचाररत रहेका छन् । प्रदेश १ मा सङ्क्रमणपछि निको भएर घर फर्कने ८३.४२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP