
आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ ।
कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ ।
त्यस्तै काठमाण्डौको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया