Trending
समाज वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समाज एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी समाज पाख्रीवासको वृहत् कफी योजना अलपत्र समाज सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता राजनीति एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक flash महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल flash रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित समाज स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक समाज मोन्था चक्रवातको प्रभाव कम समाज काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

भोलिदेखि पश्चिम र मध्य भेगका धेरै ठाउँमा घाम लाग्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका मध्य क्षेत्रका केही ठाउँमा वर्षा भैरहेको छ । पूर्व र पश्चिमका धेरै ठाउँमा भने गएरातिदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ । काठमाण्डौ र मध्य क्षेत्रमा पनि दिउँसोदेखि मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना छैन ।

दिउँसोसम्म काठमाण्डौ र मध्य भेगका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने र त्यसपछि मौसममा क्रमिक सुधार हुने उहाँको भनाइ छ । दिउँसोपछि मौसममा क्रमिक सुधार भए पनि आज घाम लाग्ने सम्भावना कम छ । भोलिदेखि पश्चिम र मध्य भेगका धेरै ठाउँमा घाम लाग्ने र त्यसपछि मौसम घमाइलो हुने मौसमविदले बनाएका छन् । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार भैरहेको छ ।

पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो । हिजो पूर्वी भेगका केही ठाउँमा ठूलो वर्षा भए पनि गएराति सामान्य वर्षा मात्रै भएको छ । र आज कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP