Trending
समाज वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समाज एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी समाज पाख्रीवासको वृहत् कफी योजना अलपत्र समाज सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता राजनीति एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक flash महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल flash रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित समाज स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक समाज मोन्था चक्रवातको प्रभाव कम समाज काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल

महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल हुँदैछ। २५ वर्षपछि महिला एकदिवसीय विश्वकपले नयाँ च्याम्पियन पाउने छ। फाइनल खेल दिउँसो ३:१५ बजे मुम्बईको डीवाइ पाटिल स्टेडियम मुम्बईमा हुने छ।

महिला विश्वकपमा यसअघि नयाँ च्याम्पियन सन् २००० मा पाएको थियो, जब न्युजिल्यान्डले अस्ट्रेलियालाई फाइनलमा हराएको थियो। त्यति मात्र होइन, ५२ वर्षको इतिहासमा पहिलोपटक इंग्ल्यान्ड र अष्ट्रेलिया दुवै टोली फाइनलमा नपुगेको पहिलो इतिहाससमेत हो।

महिला विश्वकपमा अस्ट्रेलिया ७ पटक र इंग्ल्यान्ड ४ पटक च्याम्पियन भएका छन्। भारतको महिला टोली तेस्रोपटक र दक्षिण अफ्रिकाले पहिलोपटक एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएका हुन्।

दुवै टिम कुनै पनि फर्म्याटमा आफ्नो पहिलो आइसीसी विश्वकपको उपाधिको पर्खाइमा छन्। दुवै टिमले कहिल्यै टी-२० विश्वकप समेत जित्न सकेका छैनन्।

अस्ट्रेलिया र इंग्ल्यान्डबिनाको पहिलो फाइनल

महिला एकदिवसीय विश्वकपको इतिहासमा पहिलो पटक फाइनलमा इंग्ल्यान्ड वा अस्ट्रेलिया मध्ये दुबै टोली नभएको यो पहिलो पटक हो।

पुरुष विश्वकपभन्दा २ वर्ष अघि, सन् १९७३ मा पहिलो महिला एकदिवसीय विश्वकप भएको थियो। जसमा इंग्ल्यान्ड विजयी भएको थियो। अहिलेसम्म १२ संस्करणका सबै फाइनलमा इंग्ल्यान्ड र अस्ट्रेलिया मध्ये एक टिमले विश्वकपमा स्थान बनाइरहेका थिए। यो प्रतियोगिताको १३औं संस्करण हो। यो नै पहिलो अवसर हो, जब फाइनलमा ती दुवै टिमहरू छैनन्।

पहिलोपटक फाइनलमा भारत र दक्षिण अफ्रिका आमनेसामने

सेमिफाइनलमा भारतले ७ पटकको च्याम्पियन अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो। त्यस्तै, दक्षिण अफ्रिकाले ४ पटकको च्याम्पियन इंग्ल्यान्डलाई हराएको थियो।

दुवै टोली पहिलोपटक महिला विश्वकपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए। लिग चरणमा पनि यी दुईबीच खेल भएको थियो, जहाँ दक्षिण अफ्रिकाले ३ विकेटले जित हासिल गरेको थियो।

भारत तेस्रोपटक वर्ल्ड कपको फाइनलमा पुगेको हो। भारत यसअघि २००५ मा दक्षिण अफ्रिकामा भएको फाइनल खेलेको थियो। उक्त फाइनलमा अस्ट्रेलियाले २१५ रन बनाएको थियो। जवाफमा भारतको महिला टोली ४६ ओभरमा ११७ रनमै समेटिँदै ९८ रनले पराजित भएको थियो।

त्यस्तै २०१७ मा इंग्ल्यान्डमा भएको फाइनलमा भारतको सामना इंग्ल्यान्डसँग भएको थियो। जहाँ इंग्ल्यान्डले २२८ रन बनाएको थियो। २२९ रनको लक्ष्य पछ्याएको भारत ४८.४ ओभरमा २१९ रनमै अलआउट हुँदै ९ रनले उपाधि गुमाउन पुगेको थियो।

एकदिवसीय क्रिकेटमा भारतको प्रदर्शन दक्षिण अफ्रिकाविरुद्ध राम्रो रहेको छ। दुवैबीच भएका ३४ खेलमध्ये २० भारतले र १३ दक्षिण अफ्रिकाले जितेका छन्। एउटा खेल नतिजाविहीन भएको थियो। विश्वकपमा दुवैले ३-३ खेलमा जित हासिल गरेका छन्।

भारत यो विश्वकपको समूहचरणमा दक्षिण अफ्रिकासँग ३ विकेटले हारेको थियो। तर त्यसअघि भने भारतले लगातार ५ एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो। वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP