Trending
समाज वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समाज एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी समाज पाख्रीवासको वृहत् कफी योजना अलपत्र समाज सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता राजनीति एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक flash महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल flash रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित समाज स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक समाज मोन्था चक्रवातको प्रभाव कम समाज काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक

काठमाडौं : एकताका लागि तयार भएका वाम पार्टीहरूबीच २० कात्तिकमा संयुक्त बैठक बस्ने भएकाे छ। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत अन्य आठ दल तथा समूह एकताका लागि तयार भएका छन्।

एकतामा आउन तयार भएका दलहरूकाे बैठक २० गते बाेलाउने निर्णय आइतबारकाे माओवादी सचिवालय बैठकले गरेकाे हाे। त्यसअघि १८ गते माओवादीको केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए।

यसअघि शनिबार बसेकाे सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वामपन्थी दलहरूसँग एकता गर्ने निर्णय गरेकाे थियाे।​​माओवादी उपमहासचिव जनार्दन शर्मा भने याे एकताकाे विपक्षमा छन्। शनिबारकाे सचिवालय बैठक छाडेर हिँडेका उनी आइतबारकाे बैठकमा भने उपस्थित नै भएनन्।

उता एकीकृत समाजवादीले पनि हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट माओवादीसँग एकता गर्ने निर्णय गरेकाे थियाे। तर एताकाे निर्णयसँगै उक्त दल विभाजन भइसकेकाे छ।

अध्यक्ष माधव नेपालसहित बहुमत एकताका लागि तयार हुँदा सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरू भने एकतामा नआई पार्टी पुनर्गठनमा लागेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP