Trending
समाज वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समाज एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी समाज पाख्रीवासको वृहत् कफी योजना अलपत्र समाज सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता राजनीति एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक flash महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल flash रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित समाज स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक समाज मोन्था चक्रवातको प्रभाव कम समाज काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

पाख्रीवासको वृहत् कफी योजना अलपत्र

धनकुटा : धनकुटाको पाख्रीवास नगरपालिकाले पाँच वर्ष अघि ठुलो उत्साह र आशाका साथ सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र परेको छ। कार्यक्रम अलपत्र हुँदा नगरपालिका तथा प्रदेश सरकारले गरेको करोड बढीको लगानी बालुवामा पानीझैँ भएको छ। नगर र प्रदेश सरकार मिलेर १ करोड ३२ लाख रुपैयाँ खर्च गरिएको पाख्रीवासको कफी योजनामा अहिले न बिरुवा बाँकी छ, न त पूर्वाधार काम लाग्ने अवस्थामा छन्।

कफी विकास कार्यक्रम २०७७ सालमा तत्कालीन नगर प्रमुखवृ ष बहादुर राईको पालामा सुरु गरिएको थियो। नगरपालिकाले झन्डै ३२ लाख रुपैयाँ खर्चेर अनुसन्धान, कफी बिरुवा उत्पादन, नमुना कफी बगान र अन्य तयारीमा खर्च गरेको थियो। प्रदेश सरकारबाट आएको १ करोड रुपैयाँ कफी प्रशोधन भवन, हाई टेक नर्सरी र पहुँचमार्ग निर्माणमा प्रयोग गरिएको थियो।

कार्यक्रम अन्तरगत लगाइएको करिब ५ लाख बिरुवाअहिले झाडीमा परिणत भएका छन्। ६० रोपनीमा लगाइएको नमुना कफी बगान नष्ट भइसकेको छ। कफी प्रशोधनको लागि निर्माण गरिएको भवन र हाई टेक नर्सरी संरक्षण नहुँदा तोडफोड भइ कामै नलाग्ने अवस्थामा पुगेको छ।

पाख्रीवास नगरपालिकाले पाँच वर्षअघि ठुलो आशाका साथ सुरु गरेका कार्यक्रममध्ये कफी कार्यक्रम एक हो। पुरै नगरपालिकालाई कफीमय बनाउने महत्वकांक्षी योजनाकासाथ सुरु गरिएको कार्यक्रम नगरपालिकाको नेतृत्व परिवर्तन भएसँगै अलपत्र र जीर्ण अवस्थामा पुगेको हो। नगरपालिकाको अघिल्लो नेतृत्वले अघि बढाएको काम पछिल्लो नेतृत्वले अपनत्व ग्रहण नगर्दा एक करोड ३२ लाख रुपैयाँ स्वाहा भएको हो। कफी कार्यक्रम अघि बढाउन तथा हुर्किएको बिरुवा व्यवस्थापनगर्न पटक पटक आग्रह गर्दा पनि वर्तमान जनप्रतिनिधिले बेवास्ता गरेको पाख्रीवास नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष सिताराम राईले बताए।

बिक्री गर्ने अवस्थाका करिब पाँच लाख बिरुवाका मर्नलाग्ने अवस्थामा पुगेको उनको भनाई छ।पाख्रिबास नगरपालिका र प्रदेश सरकारको लगानी तथा धनकुटाको हिलेमा रहेको तेखिमे कृषि परामर्श केन्द्रको सहकार्यमा वृहत कफी योजनाकार्यक्रम सुरु गरिएको थियो।

तत्कालीन नगर प्रमुख राईले पूर्वाधार निर्माणको लागि नगरपालिकालाई चार रोपनी जग्गा दिएपछि भवनतथाहाई टेक नर्सरी निर्माण गरिएको थियो। त्यस्तै नमुना बगान उनकै बारीमा बनाइएको थियो। नर्सरी बनाएको बाहेक तत्कालीन नगर प्रमुख राईले कफी खेतीका लागि ७वर्ष आफ्नो बारी निःशुल्क उपलब्ध गराउने सहमतिपत्र बाहिरिएपछि झन विवाद बढेको थियो।

कफी खेती सरकारी लगानीमा विस्तार गरिने र उत्पादन हुन थालेपछि उनकै हुने भन्ने विवाद रहेको थियो। तर, त्यस्तो नभइ बिरुवा उत्पादनको लागि मात्रै भएको राईले बताउँदै आएका थिए। त्यसपछि सो कार्यक्रममा भ्रष्टाचार भएको भन्दै २०७९ सालमा स्वघोषित सामाजिक अभियान्ता बताउनेले अख्तियारमा उजुरी हालेका थिए।

त्यसै वर्ष भएको निर्वाचनपछि ज्ञान बहादुर गुरुङ नगर प्रमुखमा निर्वाचित भएपछि उनले अख्तियारमा मुद्दा परेको भन्दै कुनै पनि काम अघि बढ्न दिएनन्। त्यस्तै कफीको लागि तयार गरिएको पूर्वाधार लगायतको नगरपालिकाको सम्पत्ति संरक्षणमा समेत नगरपालिकाले अहिलेसम्म चासो देखाएको छैन।

जसले गर्दा अहिले सबै पूर्वाधार जीर्ण अवस्थामा पुगेका छन्। कफी प्रशोधन भवनको लागि बनेको भवनको झ्याल ढोका फुटिसकेका छन्। भवन बन्द गरेर नगरपालिकाले चाबीसम्म लगाएको छैन। यता हाईटेक नर्सरीमा प्रयोग हुने धेरै सामाग्री भत्किसकेका छन्।

अन्य पूर्वाधारमा समेत धेरै क्षति पुगिसकेको छ। वर्तमान नगरप्रमुख गुरुङ अख्तियारमा उजुरी परेकाले आफूहरूले हात नहालेको बताउँछन्। ‘यो हामी आउनु भन्दा पहिले सुरु भएको योजना हो, पछि यो योजनाको बारेमा अख्तियारमा उजुरी पर्‍यो,उजुरी परेको काममा हामीले हात हालेनौ’, गुरुङ भन्छन्।

अख्तियारले मुद्दाको छिनोफानो नगरेका कारण समस्या भएको छ र अख्तियारले यो मुद्दा चाँडो टुङ्गाइदिनु पर्छ अनि काम गर्न सजिलो हुने गुरुङले बताए।

यता अख्तियारले भने उजुरी परे पनि काम अघि बढाउन नरोकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी रोशन अर्यालले अख्तियारमा उजुरी परे पनि काम रोक्न भनेर पत्राचार नगरेको बताउँछन्।

‘हामीले काम रोक्न पत्राचार गरेको छैनौँ, उहाँहरूले काम अघि बढाउन सक्नु हुन्छ’, अर्याल भन्छन्। निवर्तमान प्रमुख राई भने यो योजनाबाँझो जमिनमा कफी खेती बढाउने उद्देश्यले सुरु गरिएको र यसले समग्र पालिकालाई फाइदा पुग्ने भएकाले यो कार्यलाई निरन्तरता दिनुपर्ने माग राख्दै आएका छन्।

निरन्तरता दिइएको भए किसानले फाइदा पाउने राईको भनाइ छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP