Trending
समाज वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समाज एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी समाज पाख्रीवासको वृहत् कफी योजना अलपत्र समाज सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता राजनीति एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक flash महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल flash रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित समाज स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक समाज मोन्था चक्रवातको प्रभाव कम समाज काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी

गोरखा : गोरखाको पाङ्बारी हिमालमा पाँचदिनदेखि फसेका तीन इटालीका नागरिकमध्ये एक जनाको उद्धार भएको छ भने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पाँच हजार मिटर उचाइमा अवस्थित आधार शिविरमा रहेका ६५ वर्षका भेल्टर परलिनोको आज बिहान १० बजे हेलिकप्टरमार्फत उद्धार गरी चुमनुब्री–१ साम्दोमा ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

उनको साथमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए। तर ५५०० मिटर उचाइमा अवस्थित क्याम्प–१ मा रहेका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तीन इटालीका आरोही र तीन नेपाली सहयोगी गत बुधबारदेखि पाङ्बारी हिमालको आधार शिविरमा फसेका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP