Trending
समाज वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समाज एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी समाज पाख्रीवासको वृहत् कफी योजना अलपत्र समाज सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता राजनीति एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक flash महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल flash रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित समाज स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक समाज मोन्था चक्रवातको प्रभाव कम समाज काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा

धनकुटा : धनकुटा नगरपालिकाले बुधबार र बिहीबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो। धनकुटा नगर क्षेत्रमा मुख्य बसोवास गर्ने आठ पहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा कात्तिक १९ र २० गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिए।

वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको र यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको राईले बताए। बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन्।

धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरूले धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन्। जस अन्तरगत वर्षभरि बाबु वा आमा गुमाउनेका परिवार आइतबार धनकुटाबाट सुनसरीको बराहक्षेत्रतर्फ पैदलयात्रामा हिँडेका छन्।

उनीहरू हिँडेको ४ दिनमा धनकुटा आइपुग्ने आठपहरियाका पुजारी उमेश आठपहरियाले जानकारी दिए। आइतबार बेलुका धनकुटाको साँगुरीगढी–९ आहाले र भञ्ज्याङ (सिमलबाँस) माबास बस्ने छन्। सोमबार बराह क्षेत्र पुगेर कोकाहाखोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मंगलबार देउता लिएर फर्की धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटमा बास बसेर बुधबार घर आइपुग्ने पुजारी आठपहरियाले बताए। बास बस्दा खुल्लाआकासमा बस्नुपर्ने तथा अरुले प्रयोग गरेको सामान प्रयोग गर्न नहुने मान्यता रहेको छ।

उनीहरू धनकुटा आइपुगेपछि दुःखको कर्म फुकाउने तथाभोज खुवाउने र नाचगानको कार्यक्रम सुरु हुन्छ। यो क्रम १५ दिन सम्मजारी रहन्छ। चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP