
कपिलवस्तु अस्पतालमा ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई छिटो छरितोसहित उपचारमा सहजताकालागि नयाँ कामको सुरुवात गरेको छ ।
ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्याउन नयाँ काउन्टर स्थापना गरिएको हो । अब टिकट काटन तिनीहरुलाई पिंक कलरको काउन्टरमा टिकटसमेत पिंक कलर कै दिने गरी प्रबन्ध गरिएको हो । यो प्रावधानले अब ज्येष्ठ नागरिक र अपांगहरु टिकट र उपचारमा लाईनमा बस्न पर्ने बाध्यता हटेको छ ।
अस्पतालले सञ्चालनमा ल्याएको पिंक कलरको काउन्टर र जारी गरेको सूचना
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई छिटो छरितो सेवा दिन यो व्यवस्था मिलाइएको बताए । टिकटदेखि उपचारमा अब तिनीहरुलाई प्राथमिकता दिईने उनले बताए ।
बिरामीहरुको उपचारलाई प्रभावकारी बनाउन आफुहरु लागि परेको उनले बताए । अस्पतालको यो प्रावधानले उपचारमा आएका ज्येष्ठ नागरिक र अपांगता भएका सेवाग्राही खुशी भएका छन् । वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया