Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूमाथि विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तकका लागि आएको ४ लाख ४३ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कपिलवस्तुको तौलिहवा नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

आयोगको अनुसन्धानअनुसार, आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाबाट विद्यालयलाई विभिन्न शीर्षकमा प्राप्त रकममाथि उनीहरूले अनियमितता गरेका थिए ।
प्रतिवादीहरुविरुद्ध चार लाख त्रिचालीस हजार चार सय तीस रुपैयाँ पचहत्तर पैसा रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको जिकिरसहित अख्तियारले बिगो कायम गरेको छ ।
निज प्रतिवादीहरूले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई गैरकानूनी फाइदा लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको दाबी गरेको छ । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP