Trending
राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री राजनीति आज राष्ट्रिय सभाको बैठक बस्ने समाज डढेलोमा परी महिलाको मृत्यु अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु समाज आज ६९ औँ स्थापना दिवस मनाउँदै पत्रकार महासंघ अन्तर्राष्ट्रिय बेलायतमा पाँचमध्ये एक शिक्षकले सामना गर्नुपर्छ विद्यार्थीको दुर्व्यवहार

प्रधानमन्त्रीले दुई वर्षअघिदेखि नै अयोध्याबारे छलफल चलाएको बामदेवको खुलासा!

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् ।

राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका हुन् ।

गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमिका बारेमा दुई वर्षअघि देखि नै छलफल चलाएको खुलासा पनि गरेका छन् ।

दुई वर्षअघि ओलीले बालुवाटारमा आफूलाई बोलाएर यसबारे चर्चा गरेको गौतमले बताएका हुन्।

यद्यपि आफूले त्यतीबेलै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह दिएको पनि गौतमले बताएका छन् ।

‘आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईँले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण बिना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो’, गौतमले फेसबुकमा लेखेका छन् ।

उनले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ताँ लिँदै जनतासमक्ष आत्मालोचना गर्नु उपयुक्त हुने बताएका छन् ।

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु’, गौतमले भनेका छन् ।

गौतमले रामजन्मभूमि नेपालमै रहेको कुरा तथ्य प्रमाणले पुष्टि गर्ने भए त्यसलाई इतिहासकारहरुले सार्वजनिक गरेको भए राम्रो हुने आशय व्यक्त गरेका छन् ।

‘क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौँ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ । संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर न त राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौँ’ गौतमले भनेका छन् ।

साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गौतमले आग्रह गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP