मौद्रिक नीतिमा वित्तीय स्थायित्वका लागि ध्यान दिन केन्द्रीय बैंकलाई कांग्रेसको सुझाव

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले वित्तीय स्थायित्वका लागि विशेष ध्यान दिनुपर्ने बताएको छ ।

बिहीबार (आज) कांग्रेसको आर्थिक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्नका लागि मद्दत पुग्ने किसिमको मौद्रिक नीति केन्द्रीय बैंकले तर्जुमा गर्नुपर्ने बताउनुभयो ।

उहाँले बैंकहरुलाई प्रोत्साहन गरेर मर्ज गर्नुपर्ने बताउनुभयो । वित्तीय स्थायित्व, ब्याजदर स्थायित्व, मुद्रास्फिति कन्ट्रोल, आर्थिक वृद्धिदर हासिलमा सहयोग, रोजगारी सिर्जनामा मद्दत पुर्याउनु खालेको मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई कांग्रेसको सुझाव छ ।

पूर्व अर्थमन्त्री महतले उद्योगी–व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउनका लागि पुनरकर्जा कोषको आकार बढाएर २ खर्ब भन्दा माथि बनाउन समेत सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP