Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

खेलकुद परिषद्को सदस्य सचिव लागि २७ जनाको आवेदन

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि २७ जनाको आवेदन परेको छ । (आज) बिहिबार अपरान्ह ५ बजेसम्म २७ जनाले निवेदन दिएका हुन् । मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिदै बिहिबारसम्म दर्खास्त आह्वान गरेको थियो ।

नयाँ ऐन अनुसार मन्त्रालयले सचिवको थपलियाको नेतृत्वमा रिम रानाभाट र ईन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।

सदस्य सचिव सिफारिस समितिले कार्ययोजना सहित मन्त्रालयमा आफै उपस्थित भएर वा ईमेलमार्फत उम्मेदवार दर्ता गराउन मिल्ने ब्यवस्था गरेको थियो । मन्त्रालयले तोकेको ७ दिनभित्र सदस्य सचिव पदका लागि २७ जनाले निवेदन हालेका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।

समितिले गत बिहिबार सदस्य सचिव छनोटको कार्यविधि बनाएर दर्खास्तकालागि आज (बिहिबार)सम्मको समय उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP