
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १० जेष्ठ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले उक्त सेवाहरुलाई अझै प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम आयाेजना गरिएको गाउँपालिकाका पञ्जीकरण शाखाका प्रमुख नारायण प्रसाद उपाध्यायले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता नागरिकको आधारभूत अधिकारसँग जोडिएको महत्त्वपूर्ण विषय भएको बताएका छन् । उनले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सबै सरोकारवालाले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जाेड दिए । उनले समयमै जन्म, मृत्यु, विवाह, बसाइँसराई लगायतका घटना दर्ता गर्न नागरिकलाई सचेत गराउन समेत आग्रह गरे ।

यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँसराई जस्ता घटनाहरू समयमै दर्ता गर्न नागरिकलाई सचेत गराउनु सबैको साझा दायित्व रहेको बताए । उनले अभिमुखीकरणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारी तथा सरोकारवालाहरूलाई आग्रह गर्दै
राष्ट्रिय परिचयपत्रसँग सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणालीको अन्तरसम्बन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठमाडौंका एम.आई.एस. प्रशिक्षक राजिव राईले सहजीकरण गरेका थिए । उनले सामाजिक सुरक्षा व्यवस्थापन, व्यक्तिगत घटना दर्ता प्रणाली, अनलाइन अभिलेखीकरण तथा सेवा प्रवाहका प्रक्रियाबारे गराएका थिए ।
अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव, कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमले सामाजिक सुरक्षा तथा घटना दर्ता सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया